अध्ययनले भन्छ : ‘खोक्दा–हाँच्छिउ गर्दा थुकका छिटाहरु २८ फिट परसम्म पुग्न सक्छन् !’
कोरोना महाव्याधिको प्रकोपले संसारभरि आक्रान्त बनाइरहेको बेला अहिले सर्वत्र सिफारिश गरिने कुरा भएको छ : सामाजिक दूरी अर्थात् सोसियल डिस्ट्यान्स । कतिले त यसलाई सामाजिक दूरी नभनेर भौतिक दूरी भनिनुपर्छ भन्ने तर्क–वितर्क पनि गर्ने गर्छन् । तर कुनै हिन्दी फिल्मको डायलगमा ‘नाम में क्या रखा है’ भनिएझैं सामाजिक दूरी वा भौतिक दूरी जे भने पनि त्यसको एउटै अर्थ होः कोरोनाको संक्रमण व्यक्ति व्यक्तिबीचमा नसरोस् भनेर कायम गरिनुपर्ने निश्चित दूरी ।

सामान्यतः कोरोनाभाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भनेर दुईका बीचमा हुनेपर्ने दूरी २ मिटर अर्थात् ६ फिटको आसपास भनिएको छ । तर केही अनुसन्धानकर्ताहरु त्यो दूरी पर्याप्त नहुने कुरा बताउन थालेका छन् । मासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी ९० का एसोसिएट्स प्रोफेरस लिडिया बोउरोउइबा (Bourouiba)  ले मानिसको स्वासबाट निस्कने कुराहरुको डाइनामिक्स (जस्तै खोक्दा, हाँच्छिउँ गर्दा) बारेमा फ्लुड डाइनामिक्स अफ डिजिज ट्रान्समिसन ल्याबोरेटोरीमा वर्षौं अध्ययन गरेका छन् । त्यस दौरानमा उनले मानिसको मुखबाट स्वास बाहिर निस्कँदा बन्ने ग्याँसको बादल २७ फिट (८.२) मिटर परसम्म जाने फेला पारेका छन् ।

उनको यो अध्ययनलाई विश्वव्यापीबनेको कोभिड–१९ को सन्दर्भम पनि लागू गर्नुपर्ने देखिन्छ । तर कोभिड–१९ को सन्दर्भमा विश्व स्वास्थ्य संगठनले ६ फिट (१.८ मिटर) र अमेरिकाको सेन्टरर्स फर डिजिजेज कन्ट्रोल एण्ड प्रिभेन्सन– सीडीसी (CDC)  ले चाहिँ तीन फिट (०.९) मिटरको दूरी मात्रै सिफारिश गरेको छ ।

‘सुरक्षा उपकरणहरु र अग्रपंक्तिमा कार्यरत रहने स्वास्थयकर्मीहरुका लागि विश्व स्वास्थ्य संगठन र सीडीसीले निर्धारित गरेको निर्देशिका (गाइडलाइन)लाई पुनर्विचार र संशोधन गरिनु आवश्यक छ,’ बोउरोउइबा भन्छन् ।

उनको रिसर्चले स्वासथ्यकर्मीहरुलाई सुरक्षित गर्नको लागि राम्रो उपायहरुको आवश्यकता औंलाएको छ  र साथसाथै, खोकी एवं हाँच्छिउ लागेका विरामीहरुबाट अझै परको दूरी कायम गरिनुपर्ने आवश्यकता पनि औंल्याएको छ । उनका अनुसार, अहिलेको निर्देशिका मूलतः संक्रमितले निस्काशन गर्ने तथा भाइरस सार्न सक्ने तरिकामध्ये मानिएका ‘ठूला थोपा–छिटा’ हरुमा आधारित छन् र त्यस किसिमका ठूला थोपाहरु निश्चित दूरीसम्म मात्रै पुग्न सक्छन् भन्ने मान्यतामा आधारित छन् ।’

गत मार्चको अन्त्यतिर जर्नल अफ द अमेरिकन मेडिकल एशोसिएसनमा प्रकाशित लेखमा बोउरोउइबाले उल्लेख गरेअनुसार, त्यसरी निश्काशित हुने ग्याँसको उच्चतम् गति प्रतिसेकेण्ड ३३ देखि १०० फिट (३६ देखि ११० किलोमिटर प्रतिघण्टासम्म) हुने र ‘अहिले प्रयोग भइरहेका सर्जिकल र एन९५ मास्कहरु स्वास फेर्दा निस्कने यो सम्भाव्य चरित्रको आधारमा परीक्षण भएका छैनन् ।’

‘अहिले अपनाइएको ‘थुकका छिटाहरु एउटा निश्चित दूरीसम्म गएर रोकिन्छ र त्यहाँ उता सुरक्षित छौं’ भन्ने उपाय उनको अनुसन्धानमा पत्ता लागेको तथ्यहरुमा आधारित छैन,’ बोउरोउइबाले भनेका छन्, र ‘त्यो हामीले थाहा पाएको कोभिड कसरी सर्छ भन्ने प्रमाणहरुमा पनि आधारित छैन ।’’

बोउरोउइबा के तर्क दिन्छिन् भने मासिनले खोक्दा, हाँच्छिउँ गर्दा वा सास फेर्दा निस्कने त्यो ग्याँसमय बादलले सबै आकारका छिटाहरु बोकेको हुन सक्छ । त्यो बादलाई हामीले हाम्रो कुहिनाले छेकेर हाँच्छिउ गर्दा वा खोक्दा आंशिक रुपमा मात्रै रोकिएको हुन सक्छ, उनी थप्छिन् ।

तरल पदार्थहरुको सन्दर्भमा–कसरी त्यो बाहिर निस्किएको छ– मुख्य कुरा के हो भने त्यो ग्याँसमय बादले सबै आकार प्रकारका छिटाहरुलाई बोकेको हुन सक्छ । यो ठूलोका साटो सानो वा थुकको छिटाको सट्टा वाफमय चीज भन्ने कुरा नै होइन ।’ उनले भन्छिन् ।


उनका अनुसार, ‘कोरोनाभाइरसको सन्दभमा सबैभन्दा ठूलो खतरा नै ठूलो थोपाबाट हो भनी हामी सोच्छौं । र्‍याल, सिंगान र थुकका थोपाहरु । जब कसैले हाँच्छिउ गर्छ, त्यो करिब करिब वर्षाको थोपा जस्तै देखिन्छ । ती थोपाहरु गुरुत्वाकर्षणले तान्ने गरी ठूला हुन्छन् । सामान्यतः ती संक्रामक ठूला थोपाहरु व्यक्तिबाट निस्केर करिब ६ फिटको दूरीसम्म पुगेर जमीनमा खस्न सक्छ । यहाँबाट नै ६ फिटको दूरीको नियम आएको हो ।’


मानिसलाई खतरनाक साबित हुनुभन्दा पूर्व कोरोनाभाइरस कतिपरसम्म पुग्न सक्छ?

अमेरिकाको युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसिनमा संक्रामक रोगबारेका प्रोफेसर डा. पाउल पोट्टिङगर भन्छन्, भाइरस कति परसम्मको दूरीसम्म प्रभावकारी हुन्छ भन्नेमा प्रश्न बाँकी नै छ ।

‘मेरा लागि प्रश्न किटाणुले कति परसम्मको दूरी पार गर्छ भन्ने कुरा होइन, बरु त्यो मानिसलाई खतरा पैदा गर्ने हुनुभन्दा पहिले त्यसले पार गर्ने दूरी कति हुन्छ भन्ने हो । त्यस्ता कणहरु जति साना हुन्छन्, तिनले त्यसलाई स्वासबाट निल्दा वा नाक–मुखमा टाँसिदा कुनै पनि व्यक्तिलाई संक्रमण गर्ने खतरा पनि कम हुने गर्छ,’ पोटिङगर भन्छन् ।

उनका अनुसार, ‘कोरोनाभाइरसको सन्दभमा सबैभन्दा ठूलो खतरा नै ठूलो थोपाबाट हो भनी हामी सोच्छौं । र्‍याल, सिंगान र थुकका थोपाहरु । जब कसैले हाँच्छिउ गर्छ, त्यो करिब करिब वर्षाको थोपा जस्तै देखिन्छ । ती थोपाहरु गुरुत्वाकर्षणले तान्ने गरी ठूला हुन्छन् । सामान्यतः ती संक्रामक ठूला थोपाहरु व्यक्तिबाट निस्केर करिब ६ फिटको दूरीसम्म पुगेर जमीनमा खस्न सक्छ । यहाँबाट नै ६ फिटको दूरीको नियम आएको हो ।’

संक्रमण सर्ने तरिकाहरुका बारेमा भएका पछिल्ला वैज्ञानिक अध्ययनहरुको आधारमा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का विरामीलाई हेरचाह गरिरहेकाहरुले त्यस्ता थोपाहरु तथा सम्पर्कबाट कोरोनाभाइरस सर्न सक्नेबारे विशेष सावधानी अपनाउन सल्लाह दिएको छ । तर यसबारेमा सीडीसी खासै बोलेको छैन ।

‘यो गम्भीर विषयका बारेमा आइरहेका नयाँ तथ्यहरुबारे विश्व स्वास्थ्य संगठनले सावधानीपूर्वक नियालिरहेको छ र अरु थप जानकारीहरु आएपछि यो वैज्ञानिक तथ्यहरुका बारेमा सूचित गर्नेनै छ’ संगठनले एक विज्ञप्तीमा भनेको छ । ‘विश्व स्वास्थ्य संगठनले मोडेलिङ अध्ययनहरुलाई स्वागत गर्दछ, जुन योजनाहरु बनाउनका लागि सहयोगी सिद्ध हुन्छन् । संगठनका टीम आफ्नो कामबारे जानकारी लिनका लागि विभिन्न मोडेलिङ समूहहरुसँग काम गरिरहेको छ ।’


‘एउटा भनिएको दूरीमा कति भाइरस हुन्छ वा हुँदैन भन्नेबारेमा हामीले सम्बोधन गर्नुपर्ने थुप्रै प्रश्नहरु बाँकी नै छन्,’ उनले भनेकी छिन्, ‘अतः स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने मास्कहरु उच्चस्तरको हुनैपर्ने सुनिश्चित गरिएका पूर्वसावधानीका सिद्धान्तले नीतिहरुलाई अघि बढाएको हुनुपर्छ ।’


बोउरोउइबाले आफ्नो अध्ययनमा उल्लेख गरेका तथ्यअनुसार नै कोरोनोभाइरस २७ फिटसम्म संक्रमण सार्न सक्ने खालको हुने हो भने, अरु धेरै मानिसहरु विरामी हुन्थे भनी पोट्टिङर बताउँछन् ।

मानिसलाई संक्रमित तुल्याउनको लागि एउटा निश्चित संख्यामा भाइरोन भनिने भाइरसका कणहरु वा अलग अलग भाइरसहरुले मानिसको शरीरभित्र प्रवेश गरेको हुनुपर्छ’ पोट्टिङर भन्छन् ।

‘तत्काललाई त्यो संख्या कति हुनुपर्छ भनेर हामीलाई थाहा छैन तर सम्भवतः यो एउटा भाइरसभन्दा बढी नै हुनुपर्छ । तपाईं योबारेमा सोच्नुुहुन्छ भने, यो साच्चैनै प्रभावकारी रुपमा हावाबाट यात्रा गर्छ भने, हामी यो कुरा गरिरहेकै हुने थिएनौं । सबैलाई यो सत्य थाहा छ किनभने हामी सबै संक्रमित भइसकेका हुने थियौं । त्यसको दायरा २७ फुटको हुन्थ्यो भने त्यो कसैको लागि अत्यन्तै खतरापूर्ण हुने थियो र त्यो अहिलेको हैन, पूर्णत अलग्गै कुराकानीको विषय हुने थियो,’ उनले भनेका छन् ।

बोउरोउइबाले चाहिँ अहिले हामीसँग पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीहरुको आपूर्तिमा कमी रहेको प्रसंग उल्लेख गर्दै त्यस्तो सामाजिक दूरीको सिफारिश सामग्रीको आपूर्तिसम्बन्धी नीतिहरुको आधारमा नभई अहिले उपलब्ध वैज्ञानिक तथ्यहरुको आधारमा निर्धारण गरिनुपर्ने बताउँछन् । 

‘एउटा भनिएको दूरीमा कति भाइरस हुन्छ वा हुँदैन भन्नेबारेमा हामीले सम्बोधन गर्नुपर्ने थुप्रै प्रश्नहरु बाँकी नै छन्,’ उनले भनेकी छिन्, ‘अतः स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने मास्कहरु उच्चस्तरको हुनैपर्ने सुनिश्चित गरिएका पूर्वसावधानीका सिद्धान्तले नीतिहरुलाई अघि बढाएको हुनुपर्छ ।’

एजेन्सीको सहयोगमा युएसएटुडेमा प्रकाशित जोर्डान कुलभेरको लेखको नेपाली अनुवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here