अमेरिकन आइडलको १८ औ संस्करणमा नेपाली समुदायको ईतिहासमा पहिलो सहभागी बन्ने अवसर पाएका दिवेश पोख्रेलले आफ्ना समर्थकलाई धन्यबाद दिदै आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले अप्रिल २६ आइतबार देखि मतदान सुरु हुने भएको बताएका छन् । उनले कसरी मतदान गर्न सकिन्छ र के के गर्नु पर्छ भनि सो अनुसार गर्न आफ्ना प्रशंसक र समर्थकलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले केही समय अगाडी सामाजिक संजाल अनुहार किताव(फेसबुक)मा छोटो श्रब्य दृश्य(भिडियो)सार्वजनिक गर्दै सबैलाई नमस्कार गरेका छन् । उनले बिदेशीहरुका लागि र नेपाली समुदायका लागि नेपालीमा बोली कति पटक सम्म मतदान गर्न सकिने भनि बताएका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् : म घरबाट टाढा रहेका सबै मानिसहरूलाई धन्यबाद दिन चाहान्छु । जसले म बाट टाढा सात समुद्रबाट पनि मलाई समर्थन गर्नु भयो।

जे होस् तपाईं सबै जना मतदान (भोट)गर्न सक्षम हुनु हुने छैन । तपाईं अझै पनि प्रस्तुति हुँदा आनन्द उठाउन सक्नु हुन्छ भनेका छन् । र संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपाली मूलका नेपालीहरूको लागि ,तपाईं सबै माध्यमबाट मत दिन सक्षम हुनु हुनेछ भनि आग्रह गरेका छन ।

उनले अगाडी थपेका छन् ,त्यसैले नबिर्सनुहोस्, मतदान चाँडै आइतवार साँझ ८ बजे(पूर्वीय समय) देखि कार्यक्रम सुरु हुन्छ भनि ध्यानाकर्षण गराएका छन् ।

म तपाईहरुले दिनु भएको प्रेम र समर्थकको कदर गर्दछु भनेका छन् । त्यसो भन्दै शुभकामना दिएका छन् ।

दिवेशले मतदान गर्ने तरिका सहित मार्गदर्शन यस प्रकार छ :

सबै भन्दा पहिला अमेरिकन आइडलमा आफ्नो नाम दर्ता गराउनु पर्ने छ । एप्स (अनुप्रयोग)या कुनै तरीकाले दर्ता गराउनु पर्ने हुन्छ ।

उनले दिएको मार्गदर्शन अनुसार :

एक व्यक्तिले ३० पटक सम्म मत हाल्न सक्ने छ । ३ तरिकाले मतदान गर्न पाइने छ ।

दिवेशलाई मतदान गर्दा टेक्सबक्स(सन्देश बाकस)मा १६ लेखि २१५२३ संख्यामा पठाउनु पर्ने छ ।

१ ) पहिलो तरीका : टेक्स (सन्देश)मार्फत जसमा यो माध्यमबाट १० पटक मतदान गर्न पाइने छ । मतदान गर्दा दिवेश पोखरेल अर्थात् अर्थर गन लाई २१५२३(अर्थात् अंग्रेजीमा 21523 )संख्यामा मतदान गर्नु पर्ने हुन्छ ।

२ ) दोश्रो तरीका : एप्पल आइओएस (IOS)एप स्टोर(अनुप्रयोग पसल)मा या एनड्रोईड स्टोर(भण्डार) या अमेरिकन आइडल एप्पस डाउनलोड( अवाहरति)गर्ने र हस्ताक्षर गर्ने र उक्त आफूले खोलेको खाता बाट १० पटक मतदान गर्न सकिने छ ।

३ ) तेश्रो तरीका : आइडलभोट डट एबिसि डटकम ( idolvote.abc.com)मा पहिले नै निर्माण गरेको खाता बाट १० पटक सम्म मतदान गर्न सकिने छ ।

अमेरिका आइडलको १८ औ संस्करण मे ३ देखि प्रत्यक्ष प्रसं सुरु हुने छ भने मे १७ मा अन्तिम समारोह हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here