ब्राजिलियन स्टार खेलाडी फिलिपे कौटिन्होको पुन प्रिमियर लिग क्लब फर्कन चाहेको बताइएको छ । कौटिन्होका एजेन्ट किया जोराविचियनले कौटिन्होले हाल प्रिमियर लिग क्लब फर्कने चाहना बनाएको बताएका छन् ।

सन् २०१८ मा प्रिमियर लिग क्लब लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोनामा आएका कौटिन्हो पहिलो सिजन त्यति जम्न भने सकेनन् । पहिलो सिजन मध्यम प्रदर्शन गरेका कौटिन्होलाई बार्सिलोनाले लोनमा जर्मन क्लब वयार्न म्युनिखमा पढायो । 

“कौटिन्होले प्रिमियर लिग क्लब फर्कने चाहना गरेका छन् । तर, कहिलो फर्कने भन्ने छैन् । सबै कुरा मिल्यो भने उनी छिटैनै प्रिमियर लिग क्लब फर्कने छन्,” कियाले स्काइ स्पोर्टससँगको कुराकानिमा भने । 

कौटिन्होले पहिलो सिजन वयार्नमा पनि त्यति प्रसंशा बटुल्न सकेनन् । उनले वयार्नका लागि २२ लिग खेल खेल्दै मात्र ८ गोल गरेका छन् । बार्सिलोनामा भने उनले ५२ लिग खेल खेलेर १३ गोल गरेका थिए । 

“म आर्सनलको समर्थक हुँ त्यसमा कुनै दुई मत छैन् । खेलाडी जुनसुकै क्लबमा जाउन मलाई कुनै पनि त्यस्तो खालको लोभ छैन् । मैले कुनै खेलाडीलाई एक क्लब देखि अर्काे क्लब जान आग्रह गर्दैन । तर, कौटिन्होले च्याम्पियन्स लिग फुटबल खेलिसकेपछि हामीले धेरै कुरा गरेका थियौं । उनले प्रिमियर लिग क्लब फर्कने चाहना पनि बनाएका थिए,” कियाले भने । 

उनले थपे,“कौटिन्होले प्रिमियर लिगको खेला बेग्लै खालको प्रदर्शन गरेको हामीले देखेका पनि छौं । उनलाई प्रिमियर लिग खेल्दा बेग्लै अनुभुति हुन्छ । उनको प्रदर्शनमा पनि धेरै परिवर्तन आएको देख्न सकिन्छ ।,”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here